काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न आरोपमा हालसम्म आठजना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीका अनुसार पीडित महिलाको जाहेरीका आधारमा घटनामा संलग्न ९ मध्ये ८ जनालाई पक्राउ गरिएको छ । मंगलबार दिउँसो महिला आफैं प्रहरी सम्पर्कमा आएकी थिइन् ।
महिला बोल्न नसक्ने अवस्थामा प्रहरीकोमा पुगेकी ती महिलालाई तुरुन्तै अस्पताल लगिएको थियो । उपचारपछि महिलाले घटनाक्रम बताएकी हुन् । बसपार्क आसपासका सीसीटीभी फुटेज हेरेर प्रहरीले अनुसन्धान बढाएको छ ।
सोमबार एकजनाले महिलालाई होटलमा लगेर गएको र पछि अर्का एकजनालाई फोन गरेर बोलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मंगलबार ती महिलालाई अर्को होटलमा लगेर ९ जनाको समूहले सामूहिक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रहरीले युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, अर्घाखाँची घर भएका गोपालकुमार श्रीस र अर्का एक जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरू सबैले आफू घटनामा संलग्न रहेको स्वीकार गरिसकेको प्रहरी स्रोतले जनाएको छ । अन्दाजी ३४ वर्षिया पीडित महिलाको स्वास्थ्य अवस्था अहिले सामान्य छ । उनी दुई सन्तानकी आमा समेत रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ पुस २०७८, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रेमीसँग भ्यालेन्टाइन डे मनाउन गएकी बालिकामाथि सामूहिक बलात्कार, एकजना पक्राउ
काभ्रेमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार
कञ्चनपुरमा नाबालिगमाथि सामूहिक बलात्कार