काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा एकभन्दा बढी चरणमा गर्ने भन्ने विषयमा सरकारले सम्बद्ध अधिकारीसँग छलफल सुरु गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख १४ गतेलाई प्रस्ताव गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनपूर्वको सुरक्षा अवस्था र निर्वाचनका लागि आवश्यक शान्तिसुरक्षा व्यवस्थाका विषयमा सोमबार सम्बद्ध अधिकारीसँग छलफल गरेका छन् । उनले निर्वाचनका लागि स्रोतसाधनको आकलन, उपलब्धता तथा व्यवस्थापनबारे जानकारी लिएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
गृह मन्त्रालयमा आयोजित छलफलमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, गृह सचिव टेकनारायण पाण्डे, रक्षा सचिव वेगेन्द्रराज शर्मा पौडेल, अर्थ सचिव मधु मरासिनी, सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव सुरेश अधिकारी, परराष्ट्र सचिव भरत शर्मा पौड्यालले स्थानीय तहको निर्वाचनका विषयमा आफ्नो धारणा राखेका थिए ।
त्यस्तै नेपाली सेनाका रथी बालकृष्ण कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, गृहको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख मुकुन्दप्रसाद निरौला र नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख डा. भीष्मकुमार भुसाललगायत पनि सहभागी थिए । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १३ पुस २०७८, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले पुराना दलसँग तालमेल नगर्ने
आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ : राष्ट्रपति पौडेल
फ्रान्समा भोलि चुनाव, म्याक्रोनको पार्टी सर्वेक्षणमा पछाडी
भारतमा तेस्रो चरणको निर्वाचन आज, मोदीले गरे मतदान
राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन लागि दुवै प्रस्ताव प्रस्तुत
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन शुरू