काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले देशव्यापी संगठन विस्तारका क्रममा एमालेकै नेताकार्यकर्ता संंगठित गर्ने पहिलो योजना बनाएको छ। एमालेबाटै विभाजित भएको र एमालेसँगै मिल्दोजुल्दो सांगठनिक संरचना र नीति भएका कारण सोही पार्टीका नेताकार्यकर्तालाई संगठित गर्ने योजना बनाएको हो।
भदौ ९ गते पार्टी विभाजन भएपछि गठित एकीकृत समाजवादी देशव्यापी संगठन विस्तारमा लागेको हो। कतिपय स्थानमा एमालेमै रहँदा समानान्तर कमिटी बनाएको र त्यसमा सहभागी नेताहरूलाई नै जिम्मेवारी दिइएको छ।
कतिपय स्थानमा एमालेबाट असन्तुष्ट नेताहरूलाई समेट्ने तयारी भएको जनाइएको छ। ‘एमालेमा अर्को विद्रोह हुँदैछ, उनीहरूलाई पनि समेट्ने तयारी हुँदैछ,’ एक नेताले भने। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संगठन विस्तारका क्रममा देशदौडाहामा छन्।
उनी झापादेखि डडेलधुरासम्म हुने पार्टी कार्यक्रममा आफैं गइरहेका छन्। काठमाडौंमा हुने ससाना कार्यक्रममा पनि अध्यक्ष नेपाल स्वयं सहभागी भएर नेताकार्यकर्तालाई उत्प्रेरित गरिरहेका छन्।
सोही पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमाले नै पहिलो स्रोत भएकाले त्यहींका नेताकार्यकर्तालाई पार्टीमा तान्नुलाई प्राथमिकता दिइएको बताए। ‘एमालेबाट विद्रोह गरेका नेताहरू नै संगठन निर्माणमा लाग्नुभएको छ। उहाँहरूले नै संगठन निर्माण र कार्यकर्ता परिचालन गर्नुभएको छ,’ उपमहासचिव खतिवडाले भने। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०६ पुस २०७८, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले १३ पदमा टुंग्यायो उम्मेदवार (सूचीसहित)
एकीकृत समाजवादीका नेताको कार्य विभाजन शुक्रवार
एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने
एकीकृत समाजवादीका सबै प्रदेश सम्मेलन मङ्सिर मसान्तसम्म सम्पन्न गर्न निर्देशन
कोशीको मंसिर र मधेश प्रदेशको पुसमा अधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
एकीकृत समाजवादीका सांसदले १५ दिनको तलब राहत कोषमा जम्मा गर्ने