माओवादी केन्द्रको बागमती प्रदेशको मतदान सुरु, दिनानाथ र सरलको भीडन्त

सफल खबर संवाददाता

सोमबार, ०५ पुस २०७८, २० : ३४
माओवादी केन्द्रको बागमती प्रदेशको मतदान सुरु, दिनानाथ र सरलको भीडन्त

हेटौँडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको नयाँ नेतृत्वसहितको पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ । राजधानीको अनुपम फुडल्याण्डमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । 

निर्वाचन समितिका अनुसार अध्यक्षमा दिनानाथ गौतम र सरल सहयात्री पौडेलले उम्मेदवारी दिएका छन् । यस्तै तीन जना निर्वाचित हुने उपाध्यक्ष पदमा १० जनाको उम्मेदवारी परेको छ भने एक जना निर्वाचित हुने सचिव पदमा ४ जनाले उम्मेदवारी दिएकामा १ जनाले फिर्ता लिएका छन् । फिर्ता लिनेमा अञ्जन कुमार तिमल्सिना रहेका छन् । 

यस्तै ३ जना निर्वाचित हुने सहसचिव पदमा पनि १० जनाको उम्मेदवारी परेकामासञ्जय लामाले फिर्ता लिएका छन् । यस्तै कोषाध्यक्षमा ३ जनाले उम्मेदवारी दिएका छन् । तीमध्येबाट १ जना निर्वाचित हुनेछन् । बागमती प्रदेशमा सहमतिको माध्यमबाट नेतृत्वसहित पदाधिकारी चयन गर्न खोजिएपनि सहमति नभएपछि अध्यक्ष प्रचण्डको निर्देशनमा चुनाव गर्न लागिएको हो । मतदानमा २७५ जना मतदाता छन् ।
 

प्रतिक्रिया दिनुहोस