अखिल नेपाल युवक सघंको ७ औं राष्ट्रिय सम्मेलन पोखरामा हुने

सोमबार, १७ बैशाख २०७५, १६ : ५८
अखिल नेपाल युवक सघंको ७ औं राष्ट्रिय सम्मेलन पोखरामा हुने

चितवन । अखिल नेपाल युवक सघंको ७ औ राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । यही वैशाख २८ देखि ३० गतेसम्म पोखरामा हुने सम्मेलनको बारेमा आयोजकले सोमबार चितवनमा पत्रकार सम्मेलन मार्फत जानकरी दिएको छ ।
‘राष्ट्रिय स्वाधीनताका लागि आमूल परिवर्तन, युवा अधिकार र जनतन्त्रको पक्षमा सातौँ राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ अधिवेशन गर्न लागिएको अखिल नेपाल युवक सघंका केन्द्रिय उपाध्यक्ष जितामित्र सुनारले जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्ने कार्यक्रम छ । सम्मेलनमा देशभरबाट करिब १५ सयको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस