काठमाडौं । जाडो मौसम सुरु भइसकेको छ र दिनहरु पनि छोटिदैछन् । तपाईंले पर्याप्त मात्रामा घाममा बस्न नपाउनुभएको हुन सक्छ, जसका कारण सूर्यको प्रकाशबाट पाउने भिटामिनको अभाव हुन सक्छ ।
आफ्नो कार्यव्यस्तताका कारण कतिपय मानिसले आफूलाई चाहिने घामको प्रकाश लिन नपाउँदा औषधी खान बाध्य छन् । घामको प्रकाश स्वास्थ्यका लागि नभई नहुने तत्व हो । किनकी यसले मुड फ्रेस गर्छ, मेटाबोलिजम शसक्त बनाउँछ र स्वास्थ्य सम्बन्धी अन्य समस्याबाट जोगाउँछ । सूर्यको प्रकाशमा एक्सपोज हुनुका फाईदा यस्ता छन् ।
१. रक्तचाप घटाउँछ : युनिर्भसिटी अफ इडनबर्गका अनुसन्धानकर्ताहरुका अनुसार नाईट्रिक अक्साइडले रक्तचाप न्यून गर्न सहयोग गर्छ । सूर्यको प्रकाश छालामा पर्ने वित्तिकै रक्तनलीमा नाइट्रिक अक्साइड निस्काशन हुन्छ । तसर्थ बिहानको वा अन्य समयको घाममा बस्दा रक्तचापका बिरामीका लागि फाइदा हुन्छ ।
२. प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ : रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न भिडामिन डीको सर्वोपरी महत्व हुन्छ । भिडामिन डीले कोषहरुलाई बुढो हुनबाट जोगाउँछ । घामले कुनै पनि ब्याक्टेरिया वा भाइरसको सम्भावित आक्रमणबाट बचाउँछ ।
३. हड्डी बलियो बनाउँछ : सूर्यको प्रकाशले ताप दिदा भिटामिन डी ३ बन्छ । भिडामिन डी ३ ले शरिरमा क्याल्सियम र म्याग्नेसियम सोस्न सहयोग गर्छ । भीटामिन डी ३ र हड्डीको बृद्धि तथा बिकासबीच प्रत्यक्ष सम्बन्ध रहेको नयाँ अध्ययनहरुले देखाएका छन् । शरिरमा उच्च मात्रामा डी ३ भएमा जोर्नीको दुखाई कम गर्ने र हातखुट्टा वा शरिरका अन्य अंग भाँचिने खतरा कम हुन्छ ।
४. छालालाई फाइदा गर्छ : सूर्यको प्रकाशले शरिरको छालालाई पनि फाइदा गर्छ । निरन्तर घाममा बस्दा छालाजन्य विभिन्न रोग र संक्रमण लाग्दैन ।
५. श्वासप्रश्वाससँग सम्बन्धित रोगको सम्भावना घटाउँछ : भिटामिन डीको कमि हुने बालबालिकामा श्वासप्रश्वास सम्बन्धी रोग र एलर्जीको खतरा हुन्छ । अमेरिकाको युनिर्भसिट अफ कोलोराडोका अनुसन्धानकर्ताहरुका अनुसार घामले बृद्धबृद्धामा संक्रमणबिरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ ।
६. डिप्रेसनबाट जोगाउँछ : सूर्यको प्रकाशले मानिसको भावना र आवेगमा समेत असर गर्छ । नियमित घाममा बस्ने मानिस डिप्रेसन तथा स्ट्रेसबाट बचाउछ । घामले शरिरलाई मनोवैज्ञानिक ऊर्जा दिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ मंसिर २०७८, १४ : ५६
लेखकबाट थप