शेयर बजार निरन्तर ओरालो लाग्दै, आठ अंकले घट्यो

आइतबार, १६ बैशाख २०७५, १६ : १६
शेयर बजार निरन्तर ओरालो लाग्दै, आठ अंकले घट्यो

काठमाडौँ । गत सातादेखि नै निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पनि आठ अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जकाअनुसार नेप्से परिसूचक ८.२१ बिन्दुले ओरालो लागेर एक हजार ३४९.०१ बिन्दुमा पुगेको हो ।
यस्तै ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.१ अंकले घटेर २८४.९६ बिन्दुमा पुगेको छ । कूल १६१ कम्पनीको नौ लाख ६६ हजार ८२९ कित्ता शेयर रु ४० करोड ३५ लाख ४८ हजार ६८ मूल्यमा कारोबार भएको हो । कारोबार रकमसमेत गत साताको पहिलो दिनको तुलनामा कम हुन पुगेको छ । गत आइतबार ५० अंकले बढेको बजारमा रु एक अर्ब बढीको कारोबार भएको थियो ।

स्टकका अनुसार पाँच उपसमूहको शेयर बढेको छ भने समान पाँच उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा व्यापार ०.७६, होटल ३५.१८, विकास बैंक ४.४३, बीमा २.४१ र उत्पादन समूह ८.१८ बिन्दुले बढेको हो तर बैंकिङ ११.६, जलविद्युत् १.२३, वित्त समूह ५.८१, अन्य ८.७ र माइक्रोफाइनान्स समूह ४.०७ बिन्दुले ओरालो लागेको छ । (रासस)
 

प्रतिक्रिया दिनुहोस