काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२१ को उपाधि भिडन्तमा आज आइतबार न्युजिल्याण्ड र अष्ट्रेलिया भिड्दैछन्।सेमिफाइनलमा इंग्ल्यान्डलाई हराएर न्युजिल्याण्ड फाइनल पुगेको थियो भने अष्ट्रेलियाले पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो।
यस खेलमा विश्वले नयाँ विश्व च्याम्पियन पाउनेछ। सन् २००७ मा सुरु भएको टी-२० विश्वकपमा यी दुवै टोलीले उपाधि उचाल्न सकेका छैनन्। सन् २०१० मा अस्ट्रेलिया फाइनलमा पुगेको थियो, तर इंग्ल्यान्डसँग पराजित भएको थियो।
न्युजिल्यान्डको कुरा गर्ने हो भने यसका लागि यो टी-२० विश्वकपको पहिलो फाइनल हो। यो महत्वपूर्ण खेलमा केही यस्ता खेलाडी छन्, जसमाथि विश्वभरका क्रिकेट प्रेमीहरूको नजर रहनेछ। जानौं यी खेलाडीको बारेमा :
डेभिड वार्नर
टी-२० विश्वकप २०२१ सुरू हुनुअघि अष्ट्रेलियाका ओपनर डेभिड वार्नरको फर्म चिन्ताको विषय बनेको थियो। तर, कप्तान आरोन फिन्चले उनीमाथि विश्वास गरेका थिए।
वार्नर फिन्चको विश्वासमा आए र उनले प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरे। वार्नर टी-२० विश्वकप २०२१ मा आफ्नो टोलीका लागि २३६ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले छ खेलमा ४७.२० को प्रभावशाली औसतमा यो रन बनाएका हुन्।
सेमिफाइनलमा वार्नरले पाकिस्तानविरुद्ध ४९ रनको महत्वपूर्ण इनिङ खेलेका थिए। अस्ट्रेलियाले न्युजिल्याण्डविरुद्धको फाइनलमा वार्नरबाट यस्तै प्रदर्शनको अपेक्षा गर्नेछ।
ग्लेन म्याक्सवेल
आईपीएल २०२१ मा धमाकेदार ब्याटिङ गरेर सबैको ध्यानाकर्षण गरेका ग्लेन म्याक्सवेलले यस प्रतियोगितामा आफ्नो आगो अझै फैलाउन सकेका छैनन्। यी स्टार खेलाडीले छ खेलमा ३६ रन मात्र बनाएका छन्।
यी तथ्याङ्कहरू म्याक्सवेल जस्तो ठूला खेलाडीलाई सुहाउँदैनन्, तर विश्वलाई उनी कुन स्तरको खेलाडी हुन् भन्ने कुरा थाहा छ। फाइनल खेलमा म्याक्सवेलको ब्याट चल्यो भने भने उनी एक्लै खेल जिताउन सक्छन्।
केन विलियमसन
न्युजिल्यान्डका कप्तान केन विलियम्सन उनको टोलीका महत्वपूर्ण कडी हुन्। उनले टुर्नामेन्टमा आफ्नो ब्याटबाट ठूलो पारी खेल्न नसके पनि जसरी उनले आफ्नो ब्याटिङ अर्डर रन गरेका छन्, त्यो उत्कृष्ट रहेको छ।
विलियम्सनको काम प्रारम्भिक विकेटको अवस्थामा तल्लो क्रमका ब्याट्सम्यानसँग टोलीलाई सम्हाल्नु हो भने अर्कोतर्फ माथिल्लो क्रमका ब्याट्सम्यानले दिएको द्रूत सुरुवातलाई ठूलो स्कोरमा परिणत गर्नु हो।
विलियम्सन यी दुवै कुरा गर्न माहिर छन्। टी-२० विश्वकप २०२१ मा हालसम्म खेलेका छ खेलमा उनले १३१ रन बनाएका छन्। जसमा उनको उच्चतम स्कोर ४०८ हो। आइतबार विलियम्सनको ब्याटबाट फ्यानहरूले ठूलो इनिङ्सको अपेक्षा गरेका छन् ।
मिचेल स्टार्क
न्युजिल्याण्डविरुद्धको महत्वपूर्ण खेलमा अष्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्कको भूमिका महत्वपूर्ण हुनसक्छ। स्टार्कले सुरुवाती ओभरमा अस्ट्रेलियाको विकेट लिनका साथै डेथ ओभरमा बलिङ गर्ने काम गर्छन्।
गुप्टिल र मिचेलको ओपनिङ जोडीका लागि स्टार्क मात्र खतरा देखिन्छ। स्टार्कले यस प्रतियोगितामा अहिलेसम्म नौ विकेट लिएका छन् र कंगारु टोलीका लागि एडम जाम्पापछि दोस्रो सर्वाधिक विकेट लिने खेलाडी हुन्।
ट्रेन्ट बोल्ट
फाइनल खेलमा बायाँ हाते फास्ट बलर ट्रेन्ट बोल्टमा पनि सबैको नजर रहनेछ। आइतबार बोल्ट र अस्ट्रेलियाका कप्तान आरोन फिन्चबीच राम्रो प्रतिस्पर्धा देख्न सकिन्छ।
बोल्ट बलिङ गर्न आएपछि ब्याट्सम्यान हैरान हुन्छन्। उनको नजर आइतबार यही कमजोरीलाई आक्रमण गर्नमा हुनेछ। बोल्ड प्रतियोगिताको चौथो सबैभन्दा सफल बलर हुन्। यस विश्वकपमा उनले अहिलेसम्म १४ को औसतमा ११ विकेट लिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ कार्तिक २०७८, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकप खेल्ने नयाँ जर्सी : सामाजिक सञ्जालमा अधिकांशको नकारात्मक प्रतिक्रिया