धर्म परिर्वतन नगरेपछि एक युवतीलाई लगाईयो बोक्सीको आरोप

विहीबार, १३ बैशाख २०७५, १७ : १७
धर्म परिर्वतन नगरेपछि एक युवतीलाई लगाईयो बोक्सीको आरोप

चितवन । बोक्सीको आरोप लगाएपछि भरतपुर १६ ढड्डाघारीकी सोनु बिकले वडा प्रहरी कार्यालय नारायगढमा उजुरी दिएकी छिन् । ढड्डाघारीको सुर्यदयचोककी १८ बर्षिय सोनुलाई ईशाई धर्म मान्ने उनकै आफ्नाहरुले नै बोक्सीको आरोप लगाएपछि स्थानिय सहित वडा प्रहरी कार्यालय नारायगढमा उजुरी दिन पुगेकी हुन् । सोनुको आमा माया विक भन्छिन् , सोनु सोही ठाउँको दिव्य ज्योती चर्चमा पहिला जाने गर्दथिईन् ,चर्चमा जान छाडेपछि सोनु बोक्सी हो भन्दै चर्चका सदस्यहरुले प्रचार गर्न थालेपछि घरमा बस्नै गारो भएपछि प्रहरी कहाँ आएका हौ । 
मायाँ विकले धर्म परिवर्तनका लागि पटक पटक विभिन्न बाहना बनाएर हामीलाई दुरव्यवहार गर्ने गरेका छन् । ईशाई धर्म मान्नेहरुले मुख नै बारेर हिड्ने थालेका छन् । पछिल्लो समय दिव्य ज्योती चर्चमा जाने बिरामीहरुलाई सोनुले बोक्सी लगाएर कारण स्वास्थ्य समस्या देखा परेको भन्दै प्रचार भएसगै उनी लगाएत स्थानियहरुले धर्म परिवर्तन गराउन खोज्नेहरुलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् । त्यस क्षेत्रमा लामो समय देखि दलित र निम्न वर्गीय परिवारहरुलाई प्रलोभनमा पारेर ईशाई बनाउने कार्य गरिने गरेको स्थानियको गुनासो छ । नेपाल धर्म निरपेक्ष राष्ट्र भएपनि प्रलोभन दिएर भने कसैको धर्म परिवर्तन गराउनु दण्डनीय अपराध हो ।
यसै बिच वडा प्रहरी कार्यालयमा भएको छलफल टुङगोमा पुग्न नसकेपछि उजुरीलाई जिल्ला प्रहरी कार्यालय चितवन पठाईएको वडा प्रहरी कार्यालय चितवनमा पठाईएको छ ।


प्रतिक्रिया दिनुहोस