काठमाडौं । झण्डै एक दशकअघिसम्म जुम्लाका वनजंगलमा चराहरुको चिरबिर निकै सुनिन्थ्यो। जताततै पानीका मुहान थिए। बाली पाक्ने र लगाउने चक्र एकैनासको थियो। मौसम एकैनासको हुँदा अन्नबाली सप्रिन्थ्यो। तर पछिल्लो समयमा मानव स्वास्थ्यमा नयाँ प्रकारका रोगको संक्रमण हुने गरेको छ। बेमौसमी बस्तुको विकास भइरहेको छ।
चराहरुले जेठ असारमा गुँड बनाउँथे। अहिले कार्तिक असोजमा पनि चराहरुले गुँड बनाएको देखिन्छ। तिला गाउँपालिका ७ का रत्नलाल रोकाया कहिले निकै खडेरी पर्ने र कहिले धेरै पानी पर्ने समस्याले आजित बनाउन थालेको बताउँछन्। उनले भने, ‘अतिबृष्टि र अनाबृष्टिले जनजीवन प्रभावित हुने गरेको छ। हिउँदमा हिउँ पर्दैन। यो वर्ष कात्तिकमा भारी वर्षा भयो। कहिले पनि कात्तिकमा वर्षा भएको थिएन।’
उनले जुम्लाको तापक्रममा पनि वृद्धि भइरहेको बताए। जुम्लामा मच्छर लाग्न थालेका छन्। सिमी खेती वर्षमा दुई पटक गर्न सकिन्छ। रत्नलालले थपे, ‘गहुँबाली मंसिरमा छरेर कात्तिकमा भित्र्याउने गरन्थ्यो। अहिले असार महिनामै पाक्छ।’पहिले लेकाली क्षेत्रमा पाँच फुट हिउँ परिरहेको हुन्थ्यो। सिँचाइको कुनै समस्या हुँदैनथ्यो । हिउँ पग्लेर बगेको पानीले धान खेती हुन्थ्यो। अहिले आकाशे पानीको भरमा रोपाइ चल्छ।
तराईमा हुने अनार फल्छ। बेसार खेती हुन्छ। अंगुर राम्ररी पाक्छ। केराको बोट उम्रिन थालेका छन्। अदुवाको खेती हुन थालेको छ। बदाम पनि पाक्छ। उतिबेला घरबाट निस्कँदा हिउँले घरको ढोका पुरिएको हुन्थ्यो। जेठको महिनासम्म हिउँ देख्न पाइन्थ्यो। जमिनमा चिस्यान रहिरहँदा खेतीपाती राम्रै हुन्थ्यो। अहिले वैशाख जेठ महिनामा असिना पर्छ तर हिउँदमा हिउँ पर्दैन। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १५ कार्तिक २०७८, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जलवायु परिवर्तनका अवसर सम्बोधन गर्न बृहत् रणनीति आवश्यक : प्रधानमन्त्री प्रचण्ड