काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका गृहमन्त्री बालकृष्ण खाँण आज बिहान पशुपति मन्दिर गएर आराध्यदेव भगवान् पशुपतिनाथको पूजाअर्चना गरेका छन् ।
उनले सर्वसाधारणकै बीचमा रही लाइनमा बसेर पशुपतिनाथको दर्शन गरेका हुन् । सो अवसरमा उनले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गरेका थिए। पशुपतिनाथ दर्शन गर्ने क्रममा परिसरमा रहेका वासुकी, सत्यनारायणलगायतका मन्दिरको उनले दर्शन गरे ।
दर्शन गरी फर्कने क्रममा पशुपतिनाथ दर्शन गर्न लाइनमा बसेका सर्वसाधारणसँग भलाकुसारीसमेत गरी करिब डेढ घण्टा गृहमन्त्री खाँणले समय बिताएका थिए । दर्शन गरी मन्दिर परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मुलुकको समृद्धि, नेपाली जनताको सुख र शान्ति सुव्यवस्थाका लागि कामना गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १३ कार्तिक २०७८, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सानेपामा बालकृष्ण खाँण
बालकृष्ण खाणसँग सम्पत्ति शुद्धीकरण विभागले माग्यो १५ लाख धरौटी
बालकृष्ण खाणले बुझाए ३० लाख बैंक ग्यारेन्टी
भुटानी शरणार्थी प्रकरणमा समातिएका बालकृष्ण खाण आज रिहा हुँदै
बालकृष्ण खाणलाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री खाँणको मुद्दा न्यायाधीश कोइरालाको इजलासमा