काठमाडौं । खाडी तथा मलेसियामा जाने श्रमिकको पारिश्रमिक बढाउन नेपालले प्रस्ताव गरेको छ। आबुधावी डायलगमा नेपालले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन प्रस्ताव गरेको हो।
खाडी र मलेसियाका श्रममन्त्री सहभागी भएको आबुधावी डायलगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ९किसान०ले श्रमिकको पारिश्रमिक बढाउन अपरिहार्य भइसकेको बताए।
वैदेशिक रोजगारीमा खाडी तथा मलेसिया जाने श्रमिकको पारिश्रमिक अत्यन्तै न्यून छ। पारिश्रमिक न्यून हुँदा मलेसिया तथा खाडीबाट आउने रेमिट्यान्स पनि थोरै छ। कम मूल्यमै श्रम गर्न बाध्य भएकाले कठोर परिश्रम गर्दा पनि श्रमिकको जीवनस्तरमा सुधार आउन सकेको छैन। अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १० कार्तिक २०७८, ०७ : ५५
लेखकबाट थप