किन किन्दैछ सेनाले ७ हेलिकोप्टर?

बुधबार, २० मंसिर २०७४, ०९ : ४७
किन किन्दैछ सेनाले ७ हेलिकोप्टर?

सरकारले नेपाली सेनाका लागि ७ वटा हेलिकप्टर तथा जहाज खरिद गर्न स्वीकृति दिएको छ। विपत् व्यवस्थापन, हवाई सैनिक तालिम, भीभीआइपी उडान, कार्गोलगायत प्रयोजनका लागि सेनाले साना ठूला गरी ७ वटा सैन्य विमान तथा जहाज खरिद अनुमति पाएको हो ।
सरकारले एउटै आर्थिक बर्षमा यतिधेरै जहाज खरिद गर्न लागेको पहिलो पटक हो ।

सैनिक मुख्यालयले थप २ वटा एम आई १७ हेलिकप्टर खरिदका लागि रक्षा मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ ।  यी सबै हेलिकप्टर तथा जहाज सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधानहनुसार ग्लोबल टेन्डरबाट किन्न लागिएको सेनाले जनाएको छ ।   कारोबारबाट

  कहाँबाट कति खरिद?

    इटालियनः २ (१४ सिट)
    इन्डोनेसियाः २ (ट्रेनर जहाज)
    फ्रान्सः १ (फिक्स्ड विङ/ कार्गो)
    अमेरिकाः बेल (६ सिट) र इकुरेल (४ सिट)
 

 

प्रतिक्रिया दिनुहोस