चीनले थप १० लाख मात्रा खोप दिने

पत्रपत्रिकाबाट

विहीबार, २१ असोज २०७८, ०७ : ५३
चीनले थप १० लाख मात्रा खोप दिने

काठमाडौं । चीन सरकारले पुनः कोरोनाविरुद्धको  खोप  अनुदानमा  सहयोग  गर्ने  भएको छ ।

चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा सहयोग गर्ने विषयमा बुधबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र नेपालका लागि  चीनका  राजदूत  होउ  यान्छीबीच  छलफल  भएको थियो ।

छलफलमा चिनियाँ राजदूत होउले थप १० लाख मात्रा सिनोभ्याक कम्पनीले उत्पादन गरेको  भेरोसेल  खोप  अनुदान  सहयोग  गर्ने  बताएको खबर गोरखापत्रमा छापिएको छ।
 

प्रतिक्रिया दिनुहोस