जलविद्युत आयोजनाको सुरुङभित्र माटोको ढिस्को खस्दा पुरिएर एकजनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ११ असोज २०७८, १४ : ००
जलविद्युत आयोजनाको सुरुङभित्र माटोको ढिस्को खस्दा पुरिएर एकजनाको मृत्यु

मोरङ । सोलुखुम्बुमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ।

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार सोलु लिखुपिके–५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङभित्र मजदुरले काम गरिरहेको बेला सोमबार बिहान करिब ३ बजे माटोको ढिस्को खसेको थियो। सो क्रममा खोटाङका २८ वर्षीय रामकृष्ण राईको मृत्यु भएको छ।

यसक्रममा दोलखा जिरी २ का २१ वर्षीय जगत श्रेष्ठ र ओखलढुंगा मोलुङका २८ वर्षीय प्रविन्द्र राई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

जलविद्युतको सुरुङमा काम गरिरहेकेको अवस्थामा माटोको ढिस्को करिब ४ सय मिटर तल खस्दा राईको घटनास्थलमानै मृत्यु भएको बताइएको छ।

त्यसैगरि घाइते श्रेष्ठ र राई पनि सोही ढिस्कोले पुरिएका थिए। घाइतेलाई तत्काल उद्धार गरी थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौँस्थित केएमसीमा भर्ना गरिएको छ।

घटनास्थलमा प्रहरी चौकी किन्जा र प्रहरी चौकी चौलाखर्कबाट प्रहरी टोली खटिएर थप अनुन्धान गरिरहेको प्रदेश १ का प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस