चितवन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले मेडिकल कलेजहरू खोल्ने बताएका छन् ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २२ औं वार्षिकोत्सव तथा १७ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसको उद्घाटन गर्दै उनले भने, ‘यो आउने वर्षमा दुईरचार वटा भए पनि मेडिकल कलेजहरू खोल्नुपर्छ ।’
प्राइभेटलाई मात्रै दिन छाडेर सरकारी संस्थाहरूमा समेत नर्सिङका कोर्सहरू पढाउन सुरू गरिने श्रेष्ठले बताए । ‘अब धेरै ठाउँमा सरकार आफैँले खोल्नुपर्छ । मेडिकल कलेज १९ वटा हुने ?’, उनले भने, ‘सरकारको एउटा दुईटामात्रै हुने त्यो सम्भव छ ? ४-५ सय बेडको अस्पतालमा बेसिक साइन्सको कोर्सहरू चलाइने छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असोज २०७८, १५ : ३७
लेखकबाट थप