किर्ते दस्तखत गरी अर्कैको नामको २७ लाख रुपैँया झ्वाम्

पत्रपत्रिकाबाट

शुक्रबार, ०८ असोज २०७८, ०७ : ४६
किर्ते दस्तखत गरी अर्कैको नामको २७ लाख रुपैँया झ्वाम्

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको रोङ्ग गाउँपालिका वडा नं। ६ बस्ने ३३ वर्षीय केशव राई रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक गणेश भट्टराईका अनुसार पक्राउ परेका राईलाई उच्च अदालत विराटनगरबाट पक्राउ पूर्जी जारी भएसँगै पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार राईले सेन्चुरी कमर्सियल बैंक शाखा कार्यालय चतरा सुनसरीको सहायक पदमा कार्यरत रहेको अवस्थामा उक्त बैंकमा खाता सञ्चालन गरी रकम कारोबार गर्दै आएकी पार्वती बिष्टको खाताको रकम कीर्ते दस्तखत गरी विभिन्न मितिमा २७ लाख (सत्ताइस लाख) झ्वाम् पारेका थिए ।

‘यो महेन्द्रनगरबाट चलेको केस हो, हामीले फरार रहेका उनलाई खोजी गरेर पक्राउ गरी महेन्द्रनगरमै जिम्मा लगाएका छौँ,’ प्रहरी निरीक्षक भट्टराईले फोन सम्पर्कमा भने, ‘अनाधिकृत रुपमा अन्य व्यक्तिको रकम निकालेर फरार रहेका राईलाई खोजतलासको क्रममा इटहरी ४ तुलसा टोलबाट पक्राउ गरिएको हो ।’ राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस