काठमाडौं । सरकार परिर्वतन भएसँगै दुई पाङ्ग्रे सवारी (मोटरसाइकल-स्कुटर) मा सरकारले कायम गर्ने अन्तःशुल्कका कारण प्रयोगकर्तालाई व्ययभार थपिएको छ ।
गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको आर्थिक विधेयकको एउटा व्यवस्था रहेकोमा अहिलेका अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्स्थापन विधेयकमार्फत अन्तःशुल्क बढाएसँगै यस्तो व्ययभार थपिएको हो ।
सबैभन्दा बढी उपयोग हुने मोटरसाइलकै अन्तःशुल्क बढाएपछि यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्ने भएको हो ।
आर्थिक सर्वेक्षण २०७७-०७८ अनुसार ०७७ को फागुनसम्म कुल ३९ लाख ८७ हजार २ सय ६७ मध्ये दुई पाङ्ग्रे सवारीको संख्या ७९.३ प्रतिशत रहेको छ ।
यसरी ३१ लाख ६१ हजार ९० हजार मोटरसाइकल प्रयोगकर्ता रहेको तथ्याङ्कले देखाएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारले प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलको सेगमेन्टमा भइरहने परिवर्तनले प्रयोगकर्तालाई थप आर्थिक भार थपेको जनाएको छ ।
सरकारले प्रतिस्थापन विधेयकमार्फत १२५ देखि १५५ सीसीसम्मका मोटरसाइकलको अन्तःशुल्क १० प्रतिशतले बढाएर ५० पु-याएको छ ।
यसले गर्दा सबैभन्दा बढी प्रयोग हुने १२५–१५५ सीसीका प्रयोगकर्तालाई आर्थिक भार थपिएको छ । त्यसैगरी, २०० देखि २५० सीसीसम्मको मोटरसाइकलमा १० प्रतिशतले अन्तःशुल्क बढाएर ६० प्रतिशत कायम भएको छ । कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ३१ भदौ २०७८, ०७ : ५८
लेखकबाट थप