जाजरकोटमा जिप दुर्घटना, दुईजनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २९ भदौ २०७८, १५ : ५९
जाजरकोटमा जिप दुर्घटना, दुईजनाको मृत्यु

जाजरकोट । नलगाड नगरपालिका-५ खाराबाट कालिमटीतर्फ आउँदै गरेको यात्रुबाहक जिप गेडेनीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारेकोट-२ का ३० वर्षीया  शान्ति रोकाय र नाम नखुलेको पुरुषको मृत्यु भएको डिएसपी मधुकुमार थापाले बताए । दुर्घटनामा परी जिप नलगाड नदीमा परेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस