अमेरिकाले दियो नेपाललाई २३१ रनको लक्ष्य

सफल खबर संवाददाता

सोमबार, २८ भदौ २०७८, १९ : ५०
अमेरिकाले दियो नेपाललाई २३१ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ क्रिकोणान्तमक शृङ्खला अन्तरगतको खेलमा अमेरिकाले नेपालसामु २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानमा भएको खेलमा जितेर पहिलो ब्याटिङ  रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनायो ।

११४ बलको सामना गरेका पटेलले ९ चौका र एक छक्काको मद्दतमा १०० रन बनाए। यस्तै निसर्ग पटेलले २१, सुशान्त मोदानीले १६ र स्टेभन टेलरले १४ रन जोडे । बलिङतर्फ नेपालका बिक्रम सोब, सन्दीप लामिछाने र सुशान भारीले दुई–दुई तथा कुशल मल्लले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस