काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सत्ता गठबन्धन सर्वोच्च अदालतमा नेकपा एकीकृत समाजवादीविरुद्धको मुद्दा किनारा नलागेसम्म मन्त्रिपरिषद् विस्तार नगर्ने निष्कर्षमा पुगेकोे छ ।
विचाराधीन मुद्दामा अदालतबाट फैसला आउनुअघि नै मन्त्रिपरिषद् विस्तार गर्दा फैसला फरक आएको अवस्थामा समस्या सिर्जना हुन सक्ने भन्दै सत्ता गठबन्धनले केही दिन पर्खने निर्णय गरेको माओवादी केन्द्रका एक नेताले बताए ।
नेकपा एमालेले भदौ १ गते नै निष्कासनको सूचना दिएका माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ सांसद सभामुखले पदमुक्त नगरेको र निर्वाचन आयोगले उनीहरूलाई समेत सनाखत गरेर नयाँ दल दर्ता गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २७ भदौ २०७८, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलाई भेटेलगत्तै देउवाद्वारा महामन्त्रीद्वयसँग छलफल
हाम्रा साथीलाई मुद्दा लाग्दा त होहल्ला गरेनौं : शेरबहादुर देउवा
चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन्ः सभापति देउवा
म अहिले गठबन्धन फेर्ने मुडमा छैन : शेरबहादुर देउवा
सरकारको सय दिन सन्तोषजनक : शेरबहादुर देउवा
दशैँले एकतालाई अझ सुदृढ बनाउँछ : देउवा