एमसीसी उपाध्यक्षविरुद्ध प्रदर्शन गर्ने ६२ जना पक्राउ

पत्रपत्रिकाबाट

शुक्रबार, २५ भदौ २०७८, ०७ : ४७
एमसीसी उपाध्यक्षविरुद्ध प्रदर्शन गर्ने ६२ जना पक्राउ

काठमाडौं । बिहीबार नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारविरुद्ध विरोध प्रदर्शन गर्ने कार्यमा संलग्न ६२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपा र नेकपा मालेका नेता कार्यककर्ताको संख्या धेरै रहेको छ । यस्तै पक्राउ पर्ने अन्यमा एमसीसीको विरोधमा रहेका अन्य साना संग संगठनका कार्यकर्ता पनि रहेका छन् ।

उनीहरुले एमसीसी उपाध्यक्षविरुद्ध नाराबाजी गर्नुका साथै कालो ब्यानर र कालोझण्डा समेत देखाउने प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस