काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणका लागि आज बिहीबार काठमाडौं आईपुग्दै छन् ।
नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच मिलेनियम च्यालन्ज सम्झौता (कम्प्याक्ट) मा सम्झौता भएको थियो । एमसीसीबाट पहिलोपटक उच्च तहमा हुन लागेको भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ ।
सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका लागि अमेरिकाले एमसीसीमार्फत ५५ अर्ब सहयोग गर्ने घोषणा गरेको थियो । नेपालमा कार्यान्वयन हुन लागेको एमसीसीलाई लिएर नेपालमा तीव्र विरोध भइरहेको छ । अघिल्लो सरकारले एमसीसी सहयोगमा सञ्चालन हुने आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा मान्यता दिएको थियो । उक्त परियोजनाअन्तर्गत वातावरणीय प्रभाव मूल्यांकनको स्वीकृति दिनुका साथै जग्गा अधिग्रहण र सीमापार प्रसारण लाइन निर्माणलाई प्राथमिकता दिएर काम अघि बढाएको थियो ।
नेपालको आर्थिक विकास र गरिबी निवारण प्रवद्र्धनको साझा लक्ष्यका साथ सम्झौता भएको परियोजनामा ४ सय किलोभोल्ट क्षमताको ३ सय १८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेसन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३ सय किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारको काम हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ भदौ २०७८, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसी सबस्टेसन ठेक्का अन्तिम चरणमा
एमसीसीकाे पहिलाे ठेक्का भारतीय कम्पनीलाई, ३९ महिनाभित्र न्यु-बुटवल सबस्टेसन निर्माण हुने
एमसीसीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार