दूध किसानलाई तिर्न अझै १५ करोड बक्यौता

पत्रपत्रिकाबाट

विहीबार, २४ भदौ २०७८, ०७ : ४९
दूध किसानलाई तिर्न अझै १५ करोड बक्यौता

काठमाडौं । दुुग्ध विकास संस्थान (डीडीसी) ले दूध किसानलाई तिर्न  अझै  १५  करोड  बाँकी  छ । कोभिड–१९ महामारीका   कारण किसानको  रकम  समयमा  भुक्तानी गर्न  नसक्दा यस्तो  रकम ४५ करोड रुपैयाँ थियो।  त्यसलाई घटाउँदै  डीडीसीले १५ करोडमा झारेको हो।

आफ्नो आम्दानीले तिर्न नसकेपछि डीडीसीले सरकारबाट सहुलित  ऋणमा  २०  करोड  रुपैयाँ प्राप्त गरेको थियो। सोही रकमबाट किसानको बक्यौता  रकम  तिर्न सुरु  गरेपछि  अहिले  किसानलाई असार १५ गतेसम्मको   भुक्तानी भइसकेको  डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले   जानकारी दिए ।  अरू  बाँकी  रकम  भदौ मसान्तभित्र भुक्तानी गरिसक्ने उनले बताए । गोरखापत्रमा खबर छ ।
 

प्रतिक्रिया दिनुहोस