काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपाल सरकारले पठाएको पत्रको जवाफ दिएको छ । गत भदौ १८ गते अर्थ मन्त्रालयले अमेरिकी दूतावासमार्फत एमसीसी मुख्यालयलाई ६ पृष्ठ लामो पत्र पठाएको थियो ।
यसै विषयमा चासो राख्दै एमसीसी उपाध्यक्ष फातेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स बिहीबार चार दिने नेपाल भ्रमणमा आउन लागेको पूर्वसन्ध्यामा एमसीसीले राजदूतावासमार्फत नेपाललाई विवादित बुँदाका विषयमा जवाफ पठाएको हो ।
एमसीसीको विषय नेपालमा राजनीतिक एजेन्डा बनेर विवादमा परेपछि अर्थ मन्त्रालयले विवादित ११ बुँदा समेटेर अमेरिकी राजदूतावासमार्फत नै एमसीसी मुख्यालयलाई पत्र पठाएको थियो ।
विद्युत् प्रसारण लाइन र सडक मर्मतसम्भारसम्बन्धी ५ सय मिलियन अमेरिकी डलर अनुदानको परियोजनासम्बन्धी सम्झौताका विषयमा उठिरहेका सवाललाई स्पष्ट पार्न ११ बुँदे सूचीसहित पत्र लेखिएको थियो । स्रोतकाअनुसार एमसीसीले सबै बुँदाको एक–एक गरी जवाफ दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ भदौ २०७८, २० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसी सबस्टेसन ठेक्का अन्तिम चरणमा
एमसीसीकाे पहिलाे ठेक्का भारतीय कम्पनीलाई, ३९ महिनाभित्र न्यु-बुटवल सबस्टेसन निर्माण हुने
एमसीसीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार