पोखरामा हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको खेल तालिका सार्वजानिक

सफल खबर संवाददाता

मंगलबार, २२ भदौ २०७८, १४ : ५०
पोखरामा हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको खेल तालिका सार्वजानिक

काठमाडौं । पोखरामा हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको उद्‍घाटन खेलमा द राइजिङ क्लब धरान र स्काई गोल्स काठमाडौं भिड्ने भएका छन् ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सार्वजनिक भएको खेल तालिकाअनुसार पोखरा बहुउद्देश्यीय कभर्डहलमा असोज २ गते धरान र काठमाडौंका दुई टोली भिड्ने निश्चित भएको हो ।

लिग २२ गतेसम्म चल्ने लिगमा १० टोलीले सहभागी हुने छन् । लिग राउन्ड रोबिन पद्दतिमा हुनेछ र शीर्ष चार टोली प्ले अफमा पुग्ने छन् । शीर्ष दुई टोलीबीच क्वालिफायर हुनेछ र क्वालिफायर विजेता सोझै फाइनलमा पुग्ने छ ।

क्वालिफायरमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीबीच हुने इलिमिनेटरको विजेतासँग खेल्ने मौका पाउने छ । र, उक्त खेलको विजेताले क्वालिफायरको विजेता टोलीसँग फाइनलमा प्रतिस्पर्धा गर्ने आयोजक अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जानकारी दिएको छ ।

लिग विजेता टोलीले १० लाख र दोस्रो हुनेले ५ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले बताएको छ । त्यस्तै, विधागत उत्कृष्ट खेलाडी विङ्गर आला र पिभोट, डिफेन्डर फिक्सो, प्रशिक्षक, उदीयमान खेलाडी र गोलरक्षकले समान २५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस