नेपाल यू- २३ का पुरुष फुटबल टोलीको प्रशिक्षकमा बालगोपाल नियुक्त

सफल खबर संवाददाता

सोमबार, २१ भदौ २०७८, १८ : ५५
नेपाल यू- २३ का पुरुष फुटबल टोलीको प्रशिक्षकमा बालगोपाल नियुक्त

काठमाडौं । बालगोपाल महर्जन नेपाल यू-२३ पुरुष फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षकसमेत रहेका बालगोपाल महर्जनलाई नेपाल यू- २३ टोलीको प्रशिक्षकको जिम्मेवारी दिएको हो । 

यसअघि बालगोपालको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा भएको थ्री नेसन्स कपको उपाधि हात पारेको थियो ।यस्तै, बालगोपालकै प्रशिक्षणमा नेपाल यू- २३ टोलीले घरेलु मैदानमा भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा स्वर्ण पदक हासिल गरेको थियो । 

बालगोपालले टोलीलाई एएफसी यू- २३ एसिया कप छनोटका लागि प्रशिक्षण गराउनेछन् । मुख्य प्रशिक्षकमा बालगोपाल रहँदा सहायक प्रशिक्षकमा सुजित केसी रहेनछन् । यस्तै, गोलरक्षक प्रशिक्षकमा ललित चन्द रहनेछन् । 

समूह बीमा रहेको नेपालले इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ । नेपालले पहिलो खेल २५ अक्टोबरमा इरानसँग खेल्दा २८ अक्टोबरमा आयोजक ताजकिस्तानसँग खेल्नेछ । यस्तै, ३१ अक्टोबरमा लेबनानसँग खेल्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस