माधव नेपाल र बाबुराम भट्टराईविरूद्धको रिटको सुनुवाइ फेरि स्थगित

सफल खबर संवाददाता

सोमबार, २१ भदौ २०७८, १४ : ५६
माधव नेपाल र बाबुराम भट्टराईविरूद्धको रिटको सुनुवाइ फेरि स्थगित

काठमाडौँ । बालुवाटारको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्धको रिटको सुनुवाइ फेरि स्थगित भएको छ।

न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको भए पनि निवेदक पक्षकै मागका कारण आजको सुनुवाइ स्थगित भएको सर्वोच्च प्रशासन स्रोतले जनाएको छ ।

उक्त रिटमाथिको सुनुवाइ यसअघि पेसीमा चढेर पटक-पटक स्थगित हुँदै आएको थियो ।बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरूसहितलाई मुद्दा चलाएको थियो ।

तर, मन्त्रिपरिषदको निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मन्त्रिपरिषदको निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने जिकिर गर्दै रिट दायर गरेका थिए ।

२०७६ माघ २८ गतेअख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौती दिँदै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्व पनि मुद्दा चलाउन माग गर्दै उनले रिट दायर गरको थिए ।
 

प्रतिक्रिया दिनुहोस