बालगृहमा बसेकी बालिका जबर्जस्तीकरणीप्रति माओवादीको आपत्ति, दोषीलाई कारवाही गर्न माग

सफल खबर संवाददाता

सोमबार, २१ भदौ २०७८, १३ : ५१
बालगृहमा बसेकी बालिका जबर्जस्तीकरणीप्रति माओवादीको आपत्ति, दोषीलाई कारवाही गर्न माग

सुर्खेत । रुकुम पश्चिममा बालगृहमा रहेकी बालिका बलात्कार भएको घटनाप्रति माओवादी केन्द्रले आपत्ति जनाएको छ । रुकुमपश्चिम माओवादी केन्द्रका संयोजक गोपाल शर्माले एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारवाही गर्न पनि माग गरेका हुन् ।

कारवाहीका लागि आठबीस गाउँपालिकाले गरेको प्रयत्नप्रति आभार प्रकट गर्दै माओवादीले दोषीलाई कारवाहीको माग गरेको हो ।रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– १० का वडाअध्यक्ष गंगाराम चनाराका छोरा कुश्माखर चनाराले बलात्कार गरेको भन्दै १५ वर्षीया बालिकाले प्रहरीमा उजुरी दिएकी छन् ।

इलाका प्रहरी कार्यालय आठबीसकोट रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीका अनुसार बालगृहमा बस्दै आएकी बालिकाले आइतबार प्रहरीमा उजुरी दिएकी हुन् ।

उजुरीमा बालिकाले कुश्माखरका बुवा गंगाराम र आमा सुनिता चनाराविरुद्ध श्रमशोषण गरेको पनि उल्लेख गरेकी छन् ।प्रहरीले जाहेरी लिएसँगै कुश्माखरको खोजी भएको जनाएको छ । बालिकाको पेटमा आठ–दश हप्ताको बच्चा हुर्किरहेको प्रहरी निरीक्षक शाहीले बताए ।उनको निवेदनमा आफूलाई दुइ वर्षदेखि निरन्तर बलात्कार गरिएको र हाल पेटमा आठ–दश हप्ताको गर्भ रहेकोसमेत उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस