सुनको मुल्यमा सामान्य गिरावट, कति पुग्यो तोलाको

सफल खबर संवाददाता

सोमबार, २१ भदौ २०७८, ११ : २७
सुनको मुल्यमा सामान्य गिरावट, कति पुग्यो तोलाको

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । गत आइतबार बजारमा प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार तोलामा एक सय रुपैयाँले घट्दै ९१ हजार ४०० रुपैयाँ कायम भएको हो । 

यस्तै, आज तेजाबी सुनको मूल्य समेत गत आइतबारको तुलनामा एक सय रुपैयाँले नै घट्लै ९० हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

तर, आज यता चाँदीको मूल्य भने स्थिर रहेको छ । गत आइतबार एकैदिन तोलामा ३५ रुपैयाँले वृद्धि हुँदै एक हजार २३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस