दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग पराजित

सफल खबर संवाददाता

आइतबार, २० भदौ २०७८, १९ : ४८
दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग पराजित

काठमाडौं । भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल २–१ ले पराजित भएको छ । प्रतिस्पर्धात्मक खेलको ६२ औँ मिनेटमा फरुक चौधरीले भारतबाट गोल गरेका थिए । 

सुनिल क्षेत्रीले ८० मिनेटमा भारतको अग्रता दोब्बर पारे । ८७ मिनेटमा तेज तामाङले नेपालबाट गोल फर्काए पनि त्यसपछि कुनै गोल हुन नसक्दा भारत विजयी भयो । 

यस खेलसँगै नेपालका लागि कप्तान तथा गोलरक्षक किरणले सर्वाधिक खेल खेलेको कीर्तिमान राखेका छन् । उनले यसका लागि पूर्व कप्तान विराज महर्जनलाई उछिनेका हुन् । किरणले नेपालका लागि ७४ औं क्याप जिते ।

विराजले नेपालका लागि ७३ पल्ट खेलेका छन् । किरणलाई दोस्रो हाफमा विशाल श्रेष्ठले सब्टिच्युट गरे र यसक्रममा उनले नेपालका लागि डेब्युको अवसर पाए ।

प्रतिक्रिया दिनुहोस