एमाले अध्यक्ष ओली र गृहमन्त्री खाँड मैत्रीपूर्ण खेल हेर्न दशरथ रंगशालामा

सफल खबर संवाददाता

आइतबार, २० भदौ २०७८, १८ : ४६
एमाले अध्यक्ष ओली र गृहमन्त्री खाँड मैत्रीपूर्ण खेल हेर्न दशरथ रंगशालामा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण  खाँड नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला पुगेका छन् ।

खेलाडीको हौसला बढाउन अध्यक्ष ओली रंगशाला पुगेको उनको सचिवालयले जनाएको छ । सरकारको प्रतिनिधित्व गर्दै गृहमन्त्री खाँड खेल हेर्न मैदान पुगेका हुन् ।

नेपाल र भारतको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ शून्य गोलको बराबरीमा सकिएको छ । यसअघि शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस