नेपाल-भारत मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरीमा

सफल खबर संवाददाता

आइतबार, २० भदौ २०७८, १८ : ३१
नेपाल-भारत मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरीमा

काठमाडौं । नेपाल र भारतबीच आइतबार भइरहेको दोस्रो मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।दशरथ रंगशालामा भइरहेको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । पहिलो हाफमा नेपालले गोल गर्ने दुई राम्रो अवसर गुमायो ।

मुख्य प्रशिक्षक अबदुल्लाह अलमुतईरीले पहिलो खेल खेल्ने टिममा तीन खेलाडी परिवर्तन गरेका थिए । उनले सुमन अर्याल, अन्जन विष्ट र नवयुग श्रेष्ठको ठाउँसङ्गँ सुजल श्रेष्ठ, मनिष डाँगी र आशिष लामालाई पहिलो रोजाइमा खेलाएका थिए

तर मनिष र आशिषले पहिलो हाफमा गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन् । पहिलो हाफ सकिनु दुई मिनेटअघि अलमुताइरीले आशिष र सुमन लामाको स्थानमा विशाल राई र अन्जन विष्टलाई मैदान पठाएका छन् ।


 

प्रतिक्रिया दिनुहोस