काठमाडौंमा मोटरसाइकल चोरी गर्ने दुईजना चितवनबाट पक्राउ

मोबाईल चोरी गर्ने दुईजना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १८ भदौ २०७८, १७ : २७
काठमाडौंमा मोटरसाइकल चोरी गर्ने दुईजना चितवनबाट पक्राउ

चितवन । चितवन प्रहरीले मोटरसाइकल चोरी कार्यमा संलग्न भएका २ जनालाई सार्वजनिक गरेको छ । चोरीका मोटरसाइकलका पार्टपुर्जा बेचविखन गर्ने २ जनालाई पक्राउ गरेको हो ।

उनीहरुले काठमाडौंबाट मोटरसाइकल चोरी गरी चितवन ल्याएर बेच्ने गरेका थिए । पक्राउ पर्नेमा भरतपुर–२१ पार्वतीपुरका रोदित श्रेष्ठ र बारा कलैया–६ का कृष्ण शाह छन् ।पक्राउ परेका श्रेष्ठले आफ्नै घरमा सञ्चालन गरेको मोटरसाइकल वर्कसपमा चोरी गरी ल्याइएका मोटरसाइकलका पाटपुर्जा फेरबदल गरेर बिक्री गर्ने गरेको चितवन प्रहरी प्रमुख ओम अधिकारीले बताए ।

चोरको मिलेमतोमा मोटरसाइकल ल्याउने, खरिदबिक्रि गर्ने गरेको पाइयो’, उनले भने, ‘नम्बर प्लेटनै फेरेर राखिएको अवस्थामा फेला पारेका थियौँ ।’ उनका अनुसार साउन २५ गते पाटन अस्पतालको गेटबाट,२७ गते काठमाडौंको बसन्तपुर क्षेत्रबाट र ललितपुर झम्सिखेल, १९ गते काठमाडौंको बाफल सिथ्त महेश कन्ट्रक्सन प्रालि अगाडि बाटोबाट हराएका मोटरसाइकलहरु लुकाईछिपाई चितवन ल्याएर राखेको अवस्थामा फेला परेको थियो ।

वकर्सपबाट २ वटा बुलेट, २ वटा पल्सर ९२२ सीसी , १ वटा पल्सर एनएसन र २ मोटरसाइकलको भाइजर नियन्त्रणमा लिएको छ । मोटरसाइकल खोल्ने–जोड्ने पार्टपुर्जा, सामानहरु झिकिएका पुराना मोटरसाइकल सहितका समाग्री समेत जफत गरेको छ ।

यसैबीच, चितवन प्रहरीले एटुजेड मोबाइल पसलबाट चोरी भएका सामानहरुसहित २ जनालाई पक्राउ गरेको छ । भदौ १२ गते विहान दिउँसो रत्ननगर–२ टाँडीबजारमा रहेको पसलबाट सटरको ताल्चा फोरेर ६ लाख ३३ हजार बराबरको सामान चोरी भएको थियो ।

प्रहरीले १९ थान मोबाइल, ४ थान घडी, १ थान ल्यापटप र १ थान चोरीमा प्रयोग भएको साइकलसहित हिजो दिउसो चोरी कार्यमा संलग्नहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ–४ स्थायी घर भएर हाल चितवनको खैरहनी–१ ज्यामिरेमा बस्दै आएका २२ वर्षिय कृष्ण तामाङ र अर्का १ नाबालक पक्राउ परेका छन् ।

४ जनालाई चोरी कसुरमा जिल्ला अदालतबाट अनुमति लिएर थप अनुसन्धान भैरहेको चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । आरोप प्रमाणित भएमा पक्राउ परेका दुवलाई ३ वर्ष कैद र ३० हजारसम्म जरिवाना हुनसक्नेछ ।

 

प्रतिक्रिया दिनुहोस