कास्की र तनहुँको पहिरोबारे गृहमन्त्रीद्वारा टेलिफोन मार्फत जानकारी

सफल खबर संवाददाता

विहीबार, १७ भदौ २०७८, १३ : ३४
कास्की र तनहुँको पहिरोबारे गृहमन्त्रीद्वारा टेलिफोन मार्फत जानकारी

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कास्की, तनहुँ र दाङका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी जिल्लामा भएका घटनाबारे जानकारी लिएका छन् ।

उनले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यसँग लगातारको वर्षातपछिको पहिरोले पु¥याएको क्षतिबारे जानकारी लिएका हुन् भने दाङमा बिहान भएको कार दुर्घटनाबारे प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसँग जानकारी लिएका हुन् । 

मन्त्री खाणले प्राकृत्तिक बिपत्तिमा परेका नागरिकको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्न निर्देशन दिदै अहिलेसम्मको अवस्थाबारे जानकारी लिए । उनले अहिलेसम्मको कामको प्रशंशा गर्दै अब त्यो भन्दा राम्रो काम हुने आशा व्यक्त गरे ।

तनहुँका प्रमुख जिल्ला अधिकारी आचार्यले मन्त्रीले टेलिफोनमा जिल्लाको भानु नगरपालिकाको वडा नम्बर ११ मा  मानेचौकामा गएको सुख्खा पहिरोबारे जानकारी लिएको बताए । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार बुधबार गएको सुख्खा पहिरोबाट दलित परिवारका १२ घर जोखिममा परेका छन् ।

उनीहरूलाई सुरक्षित स्थानमा सारिएको आचार्यले जानकारी लिए। ती परिवारका लागि अस्थायी टहरा बनाउने काम सशस्त्र प्रहरीले गरिरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस