दशरथ रंगशालामा नेपालविरुद्ध भारत : प्लेयर्स टु वाच

सफल खबर संवाददाता

विहीबार, १७ भदौ २०७८, १२ : ०१
दशरथ रंगशालामा नेपालविरुद्ध भारत : प्लेयर्स टु वाच

काठमाडौँ । १३औँ संस्करणको साफ च्याम्पियनसिपको तयारी स्वरूप आज बिहीबार नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुँदैछ । बिहीबार साँझ साढे ५ बजे दशरथ रंगशालामा हुने पहिलो खेलका लागि दुबै टिम जित्नै पर्ने दबावमा छन् । अर्को खेल २० भदौमा  हुनेछ ।

नेपाल र भारतबीच हुने खेलको लागि ‘प्लेयर्स टु वाच’ तयार पारेको छ । नेपालका अन्जन विष्ट र भारतका मानवीर सिंह प्लेयर्स टु वाचमा रहन्छन् ।भारतविरुद्ध मिडफिल्डर अन्जन नेपालका मुख्य हतियार हुन सक्छन् । २३ वर्षीय उनी प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका विश्वासिला खेलाडीसमेत हुन् । मध्यक्रममा यी खेलाडी बल होल्ड गर्न, लामा सट प्रहार गर्न, बल कन्ट्रोल गर्न माहिर छन् । अट्याकर अन्जन विपक्षी टोली डिफेण्डरका लागि टाउको दुखाइको विषय बन्न सक्छन् । भारतविरुद्ध अन्जनको रोल लामो सटका लागि हुन सक्छन् । अन्जनले फिफा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेविरुद्धको खेलमा गोल गरेका थिए । 

घरेलु लिगमा मनाङ मर्स्याङदी क्लबको प्रतिनिधित्व गर्ने अन्जनले मिडलाइनसँगै अट्याकमा नवयुग श्रेष्ठसँग सहकार्य गर्न सक्छन् । उमेर समूहका विभिन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका अन्जनले राष्ट्रिय टोलीबाट चार गोल गरेका छन् । 

भारतीय फुटबलका अट्याकर मानवीर सिंह बिहीबार दशरथ रंगशालामा उपस्थित सबैको नजरमा पर्नेछन् । पछिल्लो समय मानवीर भारतीय फुटबलका नियमित सदस्य हुन् । नेपालविरुद्ध मैत्रीपूर्ण खेलमा अट्याक लाइनमा मानवीरले कप्तान सुनिल क्षेत्रीसँग सहकार्य गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस