बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपिओ भर्ने म्याद एकदिन थप

सफल खबर संवाददाता

सोमबार, १४ भदौ २०७८, १२ : ४८
बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपिओ भर्ने म्याद एकदिन थप

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपिओ भर्ने म्याद थप एकदिन थपिएको छ । कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १४ गते अर्थात सोमबारसम्म स्थानीय प्रभावित क्षेत्र नुवाकोटवासीहरुका लागि कुल चार लाख कित्ता सेयर निष्काशन गरेकोमा थप एकदिन म्याद थप गरेको हो । 

आवेदनको दिने अन्तिम दिन आज भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी परेकाले यस दिन सरकारले सार्वजनिक समेत दिएकाले कुनै कारोबार नहुने हुँदा कम्पनीले सेयर निष्काशन समय थप एक दिन थपेको हो ।

योसँगै कम्पनीको आइपिओ खरिद गर्न चाहने लगानीकर्ताले थप १ दिनको अवसर पाएका छन् । 

प्रतिक्रिया दिनुहोस