भारतमा कोरोना : ४५ हजार ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ४ सय ५७ संक्रमितको मृत्यु

एजेन्सी

आइतबार, १३ भदौ २०७८, १२ : ३९
भारतमा कोरोना : ४५ हजार ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ४ सय ५७ संक्रमितको मृत्यु

काठमाडौँ । भारतमा थप ४५ हजार ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २६ लाख ९४ हजार १८८ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७५ हजार २०० जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ४ सय ५७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३७ हजार ८ सय ६० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस