काठमाडौ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्युन चापिय रेखा समेत तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण केहीदिनदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार शनिबार बिहान पनि देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने अधिकांश स्थानमा वर्षा भइरहेको छ।
यस्तै शनिबार दिउँसो देशको अधिकांस भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।यस्तै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमाधेरै भारी र बाकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमाहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ भदौ २०७८, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
आजको मौसमः तराइमा हुस्सु र कुहिराेले हवाइ यातायात प्रभावित हुने
कस्तो रहला आजको मौसम ?