गण्डक नहरले बगाउँदै गरेका तीन जनाको उद्वार

सफल खबर संवाददाता

शुक्रबार, ११ भदौ २०७८, १९ : २०
गण्डक नहरले बगाउँदै गरेका तीन जनाको उद्वार

पश्चिम नवपरासी । पश्चिम नवलपरासी जिल्लाको पालिनन्दन गाउँपालिका ३ बेलासपुरस्थित झरही खोलाको बहाव बढेर गण्डक नहरमा पसेपछि सो नहरको बहावले बगाउँदै गरेका तीन जनाको सशस्त्र प्रहरीले उद्वार गरेको छ । 

सोही ठाउँ बस्ने ४८ वर्षिय अजित अन्सारी, २५ वर्षिय शैलेश गुप्ता र २३ वर्षिय थेरज देवानलाई नहरले बगाउँदै गरेको अवस्थामा सकुशल उद्वार गरिएको हो ।  

सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीको कमाण्ड खटिएको विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले बोटको प्रयोग गरी उनीहरुलाई बगाएको स्थानदेखि करीव ५ सय मिटर तलबाट सकुशल उद्वार गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस