भीम रावलको माधव नेपालप्रति कटाक्ष : महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने भन्नु आश्चर्यजनक

सफल खबर संवाददाता

विहीबार, १० भदौ २०७८, २० : १२
भीम रावलको माधव नेपालप्रति कटाक्ष : महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने भन्नु आश्चर्यजनक

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गरेका छन् । रावलले नेपालप्रति सङ्केत गर्दै भने, ‘पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक लागेको छ ।

ट्विटरमा रावलले लेखेका छन्, ‘दक्षिणपन्थी पूँजीवादी नेपाली कांग्रेससँग सहकार्य गरी पदमा जान खोज्नेहरुले नेकपा एमालेलाई १० बुँदे सहमतिका आधारमा एक हुनुपर्छ भन्नेहरुलाई दक्षिणपन्थी देख्नु उदेकलाग्दो हो । अझ यस पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी भन्नु आश्चर्यजनक हो ।’