खाल्डोमा डुबेर एक बालिकाको मृत्यु

रासस

बुधबार, ०९ भदौ २०७८, १६ : ०९
खाल्डोमा डुबेर एक बालिकाको मृत्यु

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनरुवामा आज दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ  । 

मृत्यु हुनेमा हनुमाननगर कङकालिनी–१० का रामलखन खङ्गको तीन  वर्षीया छोरी अञ्जलीकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ । घरदेखि  २०० मिटर उत्तरमा रहेको कमल मण्डलको खेतको छेउमा खाली जग्गामा जमेको पानीमा उनी डुबेकी थिइन् ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ  । 
 

प्रतिक्रिया दिनुहोस