कोरोना महामारीबीच यसरी मनाइँदै छ जनैपूर्णिमा (तस्बिरहरु)

सफल खबर संवाददाता

आइतबार, ०६ भदौ २०७८, १२ : ४९
कोरोना महामारीबीच यसरी मनाइँदै छ जनैपूर्णिमा (तस्बिरहरु)

काठमाडौं । साउन शुक्ल पूर्णिमाका दिन आज चूूडाकर्म सम्पन्न गरेका आमतागाधारीले वैदिक मन्त्रोच्चारण गरिएको यज्ञोपवित अर्थात् रक्षासूूत्र धारण गरेर जनैपूर्णिमा चाड मनाउँदै छन् । चूूडाकर्म नगरेकाले पनि नाडीमा डोरो बाँध्ने चलन छ ।

जनैको ६ शिखालाई ब्रह्मा, विष्णु, महेश्वर र ज्ञान, कर्म, योगका रूपमा सनातन धर्मावलम्बीले मान्दै आएका छन् । जनैलाई ब्रह्म सूत्र वा ज्ञानको धागो मानिन्छ । राक्षसद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर संरक्षण गरेको पौराणिक कथा यो चाडसँग जोडिएको छ ।



प्रतिक्रिया दिनुहोस