एजेन्सी । विश्व फुटबल महासंघ फिफाले अफ्गानिस्तानमा रहेका महिला खेलाडीहरुको जीवन रक्षा गर्न विश्व समुदायसँग अपिल गरेको छ ।फिफाले विश्वका विभिन्न शक्तिशाली मुलुकहरुलाई पत्र लेख्दै अफ्गानिस्तानमा रहेका महिला फुटबल खेलाडीहरुलाई त्यहाँबाट बाहिर निकाल्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो ।
व्यवसायीक खेलाडीहरुको संस्था फिफ्प्रोले पनि सहयोगका लागि अनुरोध गरेको छ । अफ्गानिस्तनमा तालिवान विद्रोहीले सत्ता हातमा लिएपछि त्यहाँ रहेका महिला खेलाडीहरुमाथि खतरा बढेको हो ।
राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान खालिदा पोपालले खेलाडीहरुको जिवन रक्षाको लागि सार्वजनिक अपिल गरेकी छिन् ।पूर्व प्रशिक्षक एवं अमेरिकी नागरिक हाले कार्टरले केही खेलाडीहरु अफ्गानिस्तानबाट उद्धारको याचना गर्दै आफुसँग सम्पर्कमा रहेको बताएकी छिन् ।तालिवानले महिलाहरुलाई कुनै प्रकारको शिक्षा र खेलकुदमा बन्देज लगाउने त्रासमा त्यहाँका अधिकांश महिला अहिले भयवित छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०६ भदौ २०७८, १२ : ३९
लेखकबाट थप