कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

सफल खबर संवाददाता

विहीबार, ०३ भदौ २०७८, १७ : ३६
कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले श्री कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले भदौ १४ गते सोमबारका दिन परेको जन्माष्टमीको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै बैठकले गाईजात्रा दिन काठमाडौं उपत्यकामा मात्र सार्वजनिक बिदा दिइँदै आएकोमा देशभरका नेवार समुदायलाई बिदा दिने सरकारले निर्णय गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस