बीमाको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने

सफल खबर संवाददाता

विहीबार, ०३ भदौ २०७८, १७ : १३
बीमाको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ । डिजिटल भुक्तानीका लागि संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आइपिएसमार्फत डिजिटल भुक्तानीसम्बन्धी सम्झौता गरिसकेको जनाएको छ ।

सम्झौताअनुसार अब संस्थानमा बीमा शुल्क कनेक्ट आइपिएसबाट तिर्न सकिने भएपछि लाइन बस्ने र कार्यालयमै पुग्नुपर्ने बाध्यता पनि हटेको संस्थानका प्रशासक कविप्रसाद पाठकले बताए।

 प्रशासक पाठक र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानबीच डिजिटल भुक्तानी सेवा शुभारम्भ सम्बन्धी सम्झौता भएको थियो । संस्थानले विगतमा ‘डस’ प्रविधिमा आधारित काम गरेकोमा अब डिजिटल प्रविधिबाट काम गर्नसक्ने भएको छ । व्यक्तिको जन्म मिति र पोलिसी नम्बर राख्दा त्यसले बीमितलाई सुरक्षासमेत प्रदान गर्दछ ।
 

प्रतिक्रिया दिनुहोस