काठमाडौं । प्रदेश नं १ सरकारले प्रदेशस्तरमा चल्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गर्ने निर्णय गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले यात्रुवाहक सवारी साधनमा २२ प्रतिशत, तराईको बाटोमा मालवाहकमा २३ प्रतिशत र पहाडी बाटोमा मालवाहकमा १६ प्रतिशत भाडादर वृद्धि गरेको मन्त्रालयका महाशाखा प्रमुख रामप्रसाद फुँयालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
प्रदेशभित्रका विभिन्न रुटमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको भाडादर मन्त्रालयको यही भदौ १ गते बसेको मन्त्रिस्तरीय बैठकले निर्णय गरी सोही मितिदेखि लागू हुने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०२ भदौ २०७८, २१ : ०९
लेखकबाट थप