ओली पक्षका सांसदले भने– नेपाललाई माफी दिन हुँदैन

सफल खबर संवाददाता

मंगलबार, ०१ भदौ २०७८, १९ : ४४
ओली पक्षका सांसदले भने– नेपाललाई माफी दिन हुँदैन

काठमाडौँ । नेकपा एमालेको केपी शर्मा ओली पक्षका सांसदले माधव नेपाल पक्षलाई माफी दिन नहुने बताएका छन् । 

मंगलवार काठमाडौंमा बसेको अनौपचारिक छलफलपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेलले दलीय व्यवस्थामा दलको अनुशासन र ह्वीप उल्लंघन गर्नेलाई माफी दिन नसकिने बताए ।

सांसद प्याकुरेलले सरकारले जारी गरेको पार्टी विघटन सम्बन्धी अध्यादेश बहुदलीय व्यवस्थाको इथिक्सबाहिर भएकोले त्यसलाई बिरोध गर्ने बताए । उनले भने, ‘दलीय व्यवस्थामा दलको अनुशासन र ह्वीप उल्लंघन गर्ने कुरालाई माफी दिन सकिएन, पार्टी भित्रको कारबाहीको कुरा स्वभाविक हो, पार्टी विरोधी गतिविधि गर्नेहरुलाई पार्टीले कारबाही गरेर अगाडि बढ्छ, पार्टी अब चुप लाग्दैन, पार्टीले कारबाही अगाडि बढाउनुपर्छ, पार्टीको बिरुद्धका गतिविधिमा लाग्नेहरुलाई पार्टीले कारबाही गरेर अगाडि बढ्नुपर्छ भन्ने आम कार्यकर्ताको माग छ, त्यो अनुसार पार्टी अगाडि बढ्छ ।’

प्रतिक्रिया दिनुहोस