काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार ५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै छ । बैंकले ९१ दिने ३ अर्ब रुपैयाँ र १८२ दिने २ अर्ब २५ करोड रुपैयाँ गरी जम्मा ५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
९१ दिने ट्रेजरी बिल साउन १ गते परिपक्क हुनेछ भने १८२ दिने ट्रेजरी बिल असोज ३० गते परिपक्क हुनेछ ।
सरकारलाई आवश्यक पर्ने अल्पकालिन अवधिको स्रोत जुटाउन ट्रेजरी बिलको बिक्रि गरिन्छ । यो ट्रेजरी बिलको बिक्रि प्रबन्धक नेपाल राष्ट्र बैंक अन्र्तगतको सार्वजनिक ऋण व्यवस्थापन विभाग हो ।
यसैबीच राष्ट्र बैंकले ट्रेजरी बिलका लागि सोमबार बोलकबोल गर्दैछ । बोलकबोल दिउँसो ३ बजे खुला बताइएको छ ।
बोलकबोल गर्दा अनलाइन मार्फत गर्नुपर्ने सार्वजनिक ऋण व्यवस्थापन विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस