जसपा ठाकुर पक्षको बाग्मती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुरू

सफल खबर संवाददाता

शनिबार, ३० साउन २०७८, १३ : ४७
जसपा ठाकुर पक्षको बाग्मती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुरू

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर तथा राजेन्द्र महतो पक्षको बाग्मती प्रदेश सस्तरीय अगुवा कार्यकर्ता भेला शुरु भएको छ ।

प्रदेश कमिटीको आयोजनामा अमृतभोज पार्टी प्यालेस डिल्लीबजारमा बैठक शुरु भएको हो । बैठकमा महन्थ ठाकुर पक्षका नेताहरुको मात्रै उपस्थिति रहेको जनाइएको छ ।

कार्यक्रमको अध्यक्षता महन्थ ठाकुरले गरेका छन् । कार्यक्रममा  वरिष्ठ नेता राजेन्द्र महतो, सरतसिंह भण्डारी लगायतका नेताहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस